काठमाडौँ– भारत सरकारको सहयोगमा सोलुखुम्बुमा निर्मित खानेपानी आपूर्ति परियोजना सञ्चालनमा आएको छ । भारतको सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा खानेपानी आपूर्ति परियोजना निर्माण गरिएको हो । परियोजनाको राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले आज संयुक्त रूपमा उदघाटन गरेका हुन् । समारोहमा सोलुखुम्बु जिल्ला समन्वय समिति, […]