भारत सरकारको सहयोगमा सर्लाहीमा निर्मित दुई विद्यालय उद्घाटन गरिएको छ । पिपरियाको श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंजको श्री जनता माध्यमिक विद्यालयका नयाँ विद्यालयको नेपालस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उद्घाटन गरेकी हुन् । भारत सरकारको आर्थिक सहयोगमा बाल गोविन्द मावि ६९.४ लाख र नेत्रजंगको जमावि १ करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दूतावासले जनाएको छ । यसअघि यी दुई विद्यालय प्रावि मात्र थिए । नेत्रगंजस्थित मावि व्यवस्थापन र