भारतद्वारा निर्मित चार विद्यालय उद्घाटन

काठमाडौं । भारतको सहयोगमा निर्मित चारवटा विद्यालयलाई आज उद्घाटन गरिएको छ । नुवाकोटका श्री कालिका, श्री पिमलटार, श्री पञ्चलिङ्गे र श्री सरस्वती माध्यमिक विद्यालय भारत सरकारको पुनर्निर्माण अनुदानअन्तर्गत निर्माण गरिएका हुन् ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृति विभागका प्रमुख नवीन कुमारले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण गरिएका सो चार विद्यालयको प

सम्बन्धित सामग्री

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन, ल्याब र पुस्कालय भवनको उद्घाटन

काठमाडौं, २ कार्तिक । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका नेरू ५.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिकािस्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित […]

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा नुवाकोट जिल्लाको विदुर नगरपालिकामा अवस्थित श्री त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले आज सो भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरिएको छ । कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता

भारतद्वारा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्मित दुई विद्यालय भवनको उद्घाटन गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले बिहीबार शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनको उद्घाटन गरेका हुन् । शिक्षा […] The post भारतद्वारा निर्मित विद्यालय भवनको उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतद्वारा निर्मित विद्यालय उद्घाटन

भारत सरकारको सहयोगमा निर्माण भएको सर्लाहीको श्रीफौद सिंह जनता माविलाई आज उद्घाटन गरिएको छ । सो दुई तल्लो माविको भवन मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी) तथा  भारतीय महावाणिज्यदूत नितेश कुमारले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सो विद्यालय भवन  शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रमअन्तर्गत निर्माण गरिएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सो परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “ आजादी का अमृत महोत्सव अन्तर्ग

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले मंगलबार कास्कीको पोखरा महानगरपालिका–१३ ढाँडबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी छन् ।आर्वा विजय माध्यमिक विद्यालय कास्कीको पुरानो विद्यालय हो । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवं उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल तीन करोड ६३ लाखको लागतमा यस विद्यालय […]

ताप्लेजुङमा भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

ताप्लेजुङ– भारतको अनुदान सहयोगमा ताप्लेजुङ्को सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ । सोमबार प्रतिनिधिसभाका सांसद योगेश भट्टराई र संविधानसभा सदस्य भुपेन्द्र थेवेले र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्राले संयुक्त रूपमा विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे । समारोहमा जनप्रतिनिधि, स्थानीय अगुवा, शिक्षक/शिक्षिका, अभिभावक, छात्र/छात्रालगायतको उपस्थिति थियो । यो परियोजना भारत […]

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावासका प्रथमसचिव नवीनकुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले कैलाली जिल्लाको धनगढीमा निर्मित विद्यालय भवनको संयुक्त रूपमा उद्घाटन गरे । उनीहरूले धनगढीमा अवस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवनसहितको नयाँ भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय […]

भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

भारत सरकारको सहयोगमा सर्लाहीमा निर्मित दुई विद्यालय उद्घाटन गरिएको छ । पिपरियाको श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंजको श्री जनता माध्यमिक विद्यालयका नयाँ विद्यालयको नेपालस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उद्घाटन गरेकी हुन् । भारत सरकारको आर्थिक सहयोगमा बाल गोविन्द मावि ६९.४ लाख र नेत्रजंगको जमावि १ करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दूतावासले जनाएको छ । यसअघि यी दुई विद्यालय प्रावि मात्र थिए । नेत्रगंजस्थित मावि व्यवस्थापन र

भारतको सहयोगमा विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।...

भारत सरकारको सहयोगमा निर्मित दुई विद्यायल भवनको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका दुई विद्यालयको भवनको उद्घाटन गरिएको छ। श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ भवनहरुको उद्घाटन गरिएको भारतीय राजदूतावासले...