मोरङ– भारत सरकारको सहयोगमा मोरङको विराटनगरमा निर्मित आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज नाट्यशाला भवनको उद्घाटन गरेका हुन् । शिक्षा–संस्कृति क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा आरोहण–गुरुकुल नाट्यशाला निर्माण गरिएको हो । नेपाली रुपैयाँ ३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको […]