आधुनिक रेसुङा सभाहलको शिलान्यास

रेसुङा सभाहलको शिलान्यास गरिएको छ। शुक्रबार पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सभाहलको उद्घाटन गरेकी हुन्।  शिलान्यास कार्यक्रममा बोल्दै झाँक्रीले अब प्रशासनले निर्माण व्यवसायीलाई बोलाएर योजनाको काममा गति दिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण...

सम्बन्धित सामग्री

गढीमाई नगरपालिकामा ८ करोडको लागतमा आधुनिक  कोल्डस्टोर निर्माण हुँदै

रौतहटको गढिमाई नगरपालिकामा आज गढीमाई नगरपालिकामा ८  करोड रुपियाको लागतमा आधुनिक कोल्डस्टोर निर्माण हुँदैछ। मेयर श्यामबाबु यादवको विशेष सक्रियतामा आधुनिक सित भण्डार निर्माण हुन लागेको हो।शुक्रबार एक समारोहका बीच मेयर यादवले गढीमाई १ समनपुरमा सैनिक पार्क नजिक विधिवत् रुपमा खाद्य भण्डारको शिलान्यास गरेका हुन।  नेपाल सरकारको केन्द्रीय बजेट ससर्त अनुदान तथा  गढीमाई नगरपालिकाको संयूक्त लगानीको कुल ८ करोड रुपियाको  लागतबाट सुविधा सम्पन्न आधुनिक सित भन्डार भवन निर्माण भैरहेको प्रमुख

जनकपुरमा आधुनिक नमूना बसपार्क निर्माण सुरु

मधेस प्रदेशको राजधानी जनकपुरधाममा नमूना बसपार्क निर्माण कार्य सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ मा हाल सञ्चालित जनकपुरधाम बसपार्क अस्तव्यस्त भएपछि सोही बसपार्कलाई आधुनिक सुविधायुक्त नमूना बसपार्क निर्माण गर्न लागिएको हो । सो बसपार्क निर्माण कार्यको गत असारमा शहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका थिए । पछिल्लो समय धार्मिक पर्यटकको हव बन्दै गएको जनकपुरधाममा सुविधा सम्पन्न बसपार्क निर्माणकार्य अघि बढाएको सङ्घीय आयोजना कार्यान्वयन इकाई जनकपुरधामका प्रमुख प्रदीप खनालले जानकारी

सिंहदरबारमा नेपाली सेनाको नयाँ भवन शिलान्यास

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार परिसरभित्र निर्माण हुन लागेको नेपाली सेनाको नयाँ चण्डी दल भवनको शिलान्यास गरेकी छन् । सिंहदरबारको पश्चिम खण्डमा निर्माण हुन लागेको आधुनिक भवनको मन्त्री झाँक्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वानाथ पौडेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ४३ रोपनी ६ आना क्षेत्रफलमा चण्डी दल गणको भवन निर्माणको काम अघि बढाएको हो ।&

यात्रुपथमा बहस शिलान्यास

इन्डिजिनियस मिडिया फाउन्डेसनबाट प्रकाशित तथा कुमार यात्रुद्वारा लिखित ‘परम्परागत आदिवासी ज्ञान’ नामक पुस्तकले ‘यात्रुपथ शिलान्यस’ गरेको प्रतीत हुन्छ । फरक धारमा प्रवाहनमा आएको पुस्तक समकालीन लेखन अभ्यासभन्दा पृथक लाग्छ । मानव जीवनले जीविका सहज बनाउन आदिमकालदेखि गर्दै आएको अभ्यास र अनुभव अभिलेखिकृत पुस्तकको मूल मर्म ‘आधुनिक विकासका चुनौती परम्परागत आदिवासी ज्ञान पुनप्रयाेग गर्न सकिन्छ’ भन्ने […] The post यात्रुपथमा बहस शिलान्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रदेश २ का आठ जिल्लामा विद्युत् प्रणाली सुधार गरिँदै

काठमाडौँ । प्रदेश २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा नयाँ सबस्टेसनको शिलान्यास गत शुक्रबार गरिएको छ । आयोजनाअन्तर्गत आठ जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३ / […]

भरतपुर मेट्रो प्लाजा शिलान्यास

चितवन । चितवनको भरतपुर महानगरमा निजी क्षेत्रको सहकार्यमा निर्माण गर्न लागिएको भरतपुर मेट्रो प्लाजा शिलान्यास गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त भवनको शिलान्यास गरे । भरतपुर मेट्रो प्लाजा भरतपुरका नागरिकको चेतना, संस्कार र सभ्यतालाई प्रतिविम्बित गर्ने प्रोजेक्ट भएको उनले बताए । भरतपुर मेट्रो प्लाजा निर्माणसँगै   चितवनको समग्र विकासमा कोसेढुंगा सावित गर्ने बताउँदै दाहालले यो मोडल देशकै लागि नमुना हुने विश्वास व्यक्त गरे  । सरकार निजी क्षेत्रप्रति उदार भएकाले देशमा ठूल्ठूला प्रोजेक्ट सञ्चालन हुने उनको धारणा थियो । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाले आधुनिक सहरको सोच बोकेर अगाडि बढेको बताइन् । निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको उनको भनाइ थियो । सार्वजनिक÷निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजा बहुउद्देश्यीय भवन ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता महानगरसँग भएको छ । भरतपुर महानगर र आर्या बिल्डर्स एन्ड इञ्जिनियरिङ प्रालिबीच गत साउन २४ गते सम्झौता भएको थियो  । आर्या बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ वटा बेसमेन्ट पार्किङसहितको १४ तले सुविधासम्पन्न भवन बन्ने जानकारी दिए । भवनमा चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट क्यासिनोलगायत संरचना रहनेछन् । महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्सचोकमा रहेको साढे ११ कठ्ठा जग्गामा करिब २ अर्ब रुपैयाँ लगानीमा भवन निर्माण हुन लागेको हो ।

मकवानपुरगढीमा छ करोड पाँच लाख लागतमा अस्पताल शिलान्यास

मकवानपुरगढी गाउँपालिकाको वडा नं ६ डुम्रेकुनामा रु छ करोड पाँच लाख लागतमा निर्माण हुने अस्पताल भवनको आज शिलान्यास गरिएको छ ।  पन्ध्र श्ययाको सो भवनको निवर्तमान सांसद  एवं नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडाले शिलान्यास गरेका हुन् । भूकम्प प्रतिरोधात्मक एवं आधुनिक तरिकाबाट सो अस्पताल निर्माण हुने बताइएको छ ।     भवनमा डेढ दर्जनभन्दा बढी कोठालगायत भौतिक पूर्वाधार निर्माण हुनेछ । अस्पताल निर्माणपश्चात् सामान्य बिरामीलाई जिल्ला अस्पताल धाउने बाध्यता हटेने खतिवडाले बताए

साढे ४३ करोड लागतमा बन्दैछ बुटवल उपमहानगरको आधुनिक भवन

८ असार, बुटवल । बुटवल उप-महानगरपालिकाको आधुनिक स्वरुपको नयाँ कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले भवनको शिलान्यास गरेका हुनु् । शुक्रबार शिलान्यास भएको भवन प्रमुख अर्थात् ए ब्लक हो । बेसमेनसहित चार तलाको आधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार …