भरतपुर मेट्रो प्लाजा शिलान्यास

चितवन । चितवनको भरतपुर महानगरमा निजी क्षेत्रको सहकार्यमा निर्माण गर्न लागिएको भरतपुर मेट्रो प्लाजा शिलान्यास गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त भवनको शिलान्यास गरे । भरतपुर मेट्रो प्लाजा भरतपुरका नागरिकको चेतना, संस्कार र सभ्यतालाई प्रतिविम्बित गर्ने प्रोजेक्ट भएको उनले बताए । भरतपुर मेट्रो प्लाजा निर्माणसँगै   चितवनको समग्र विकासमा कोसेढुंगा सावित गर्ने बताउँदै दाहालले यो मोडल देशकै लागि नमुना हुने विश्वास व्यक्त गरे  । सरकार निजी क्षेत्रप्रति उदार भएकाले देशमा ठूल्ठूला प्रोजेक्ट सञ्चालन हुने उनको धारणा थियो । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाले आधुनिक सहरको सोच बोकेर अगाडि बढेको बताइन् । निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको उनको भनाइ थियो । सार्वजनिक÷निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजा बहुउद्देश्यीय भवन ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता महानगरसँग भएको छ । भरतपुर महानगर र आर्या बिल्डर्स एन्ड इञ्जिनियरिङ प्रालिबीच गत साउन २४ गते सम्झौता भएको थियो  । आर्या बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ वटा बेसमेन्ट पार्किङसहितको १४ तले सुविधासम्पन्न भवन बन्ने जानकारी दिए । भवनमा चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट क्यासिनोलगायत संरचना रहनेछन् । महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्सचोकमा रहेको साढे ११ कठ्ठा जग्गामा करिब २ अर्ब रुपैयाँ लगानीमा भवन निर्माण हुन लागेको हो ।

सम्बन्धित सामग्री

‘पिपिपी’ मोडेलको ‘भरतपुर मेट्रो प्लाजा’को शिलान्यास

भदौ १०, चितवन । भरतपुर महानगरमा निजी क्षेत्रको सहकार्यमा निर्माण गर्न लागिएको भरतपुर मेट्रो प्लाजाको शिलान्यास गरिएको छ ।  बुधवार एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भवनको शिलान्यास गरेका हुन् । प्रमुख अतिथि समेत रहेका प्रचण्डले भरतपुर मेट्रो प्लाजा चितवन भरतपुरका जनताको चेतना, संस्कार र सभ्यतालाई प्रतिविम्वित गर्ने प्रोजेक्ट भएको बताए ।  यसले दिने सन्देश पनि बहुआयामिक हुने उनको भनाइ थियो । यसको निर्माणसँगै यसबाट चितवनको समग्र विकासमा एक कोसेढुंगा सावित गर्ने बताउँदै दाहालले यो मोडल देशकै लागि नमूना मोडलको रुपमा विकास हुने विश्वास व्यक्त गरे  । विगतमा निजी क्षेत्रप्रति राज्य उदार नभएकाले विकास नभएको र अब राज्य नीजि क्षेत्रका हकमा धेरै उदार हुने भन्दै यसले गर्दा देशमा ठूला ठूला प्रोजेक्टहरु सञ्चालन हुने उनले बताए ।  कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाले आधुनिक सहरको सोच बोकेर आफूहरु अगाडि बढेको भएको बताइन् । आफूहरु निरन्तर सधैँ निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको उनको भनाइ थियो ।  सार्वजनिक नीजि साझेदारी (पिपिपी) मोडलमा निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजा बहुउद्देश्यीय भवन ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता महानगरसँग भएको छ ।  भरतपुर महानगर र आर्या बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिबीच गत साउन २४ गते सम्झौता भएको थियो । आर्या बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ ओटा बेसमेण्ट पार्किङ सहितको १४ तले सुविधासम्पन्न भवन बन्ने बताए । उनका अनुसार यो भवनमा चिड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट क्यासिनोलगायतका संरचनाहरु रहने छन् । ३ लाख २५ हजार बर्ग फिट र ५१ मिटर उचाइको भवन बन्ने छ । उनले ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।  महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्सचोकमा रहेको साढे ११ कठ्ठा जग्गामा करीब २ अर्ब लगानीमा भवन निर्माण हुन लागेको हो ।

भरतपुर मेट्रो प्लाजाः लगानी २ अर्ब, आम्दानी ८२ करोड

भरतपुर महानगरको जग्गामा २ अर्ब खर्चेर निजी क्षेत्रले भरतपुर मेट्रो प्लाजा बनाउने भएका छन् । करिब २५ वर्ष सब्जी मण्डी सञ्चालन भएको भरतपुर–३ लायन्सचोक क्षेत्रमा सुविधासम्पन्न प्लाजा बनाउन महानगरले सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणा बमोजिम ३० वर्षका लागि जग्गा भाडामा दिएको छ ।पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्लाजाको शिलान्यास गरेका छन् । […]

भरतपुर मेट्रो प्लाजाको निर्माण सुरु

भरतपुर महानगरमा निजी क्षेत्रको सहकार्यमा निर्माण गर्न लागिएको भरतपुर मेट्रो प्लाजाको शिलान्यास भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भवनको शिलान्यास गरे ।सार्वजनिक निजी साझेदारी पिपीई मोडलमा निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजा बहुउद्देश्यीय भवन ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता महानगरसँग भएको छ । भरतपुर महानगर र आर्या बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालि बीच गत साउन २४ गते सम्झौता भएको हो । आर्या बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले

विकासका लागि वृहत् योजना बनाउनुपर्छ : प्रचण्ड

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत् योजनाअन्तर्गत काम गर्नुपर्ने बताउनुभएको छ । भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन) को आज बुधवार शिलान्यास गर्दै उहाँले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटाैँडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत काम गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष दाहालले यी जिल्ला मिलाएर विकासको मोडालिटीमा जाँदा यहाँको शिक्षा, पर्यटन, कृषि, धार्मिक पर्यटनका हिसाबले प्रचुर स...

ओली सरकारले निषेध नगरेको भए चितवनमा क्रान्तिकारी तरिकाले विकास हुन्थ्यो– प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारले निषेध नगरेको भए चितवनमा धेरै विकास भइसक्ने बताउनुभएको छ । चितवन क्षेत्र नम्वर ३ बाट संघीय सांसद हुनुभएका अध्यक्ष दाहालले ओली नेतृत्वको सरकार चितवनप्रति अलिकति पनि सकारात्मक नभइदिएको आरोप लगाउनुभयो । बुधबार भरतपुर मेट्रो प्लजा बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री समेत […]

चुनावपछिको अवधि नमिठो, तर अहिले वातावरण सहज : प्रचण्ड

चितवन : पूर्व-प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावपछिको अवधि नमिठो रहेको बताएका छन्। भरतपुरमा निर्माण हुन लागेको बहुउद्देश्यीय व्यापारिक भवन ‘भरतपुर मेट्रो प्लाजा’को आज बुधबार शिलान्यास गर्दै प्रचण्डले निर्वाचनका बेला प्रतिबद्धता गरेअनुसार काम गर्न नपाएको दु:खेसो गरे।आफैँले बनाएको प्रधानमन्त्री आफूप्रति पूर्वाग्रही बनेको उनले आरोप लगाए। यद्यपि कांग्रेससँग गठबन्धन गरेर सरकार बनाएपछि वातावरण सहज भएको उनले बताए। निर्वाचनका बेला अ

‘काठमाण्डौलाई चाहिएको मेट्रो रेल हो, मोनोरेल होइन ’

नेपालमा रेल र सुरुङ मार्ग निर्माणको विषय वर्षौँदेखि चर्चामा छ । तर अहिलेसम्म कुनै सुरुङमार्ग र रेल मार्गको काम पूरा हुन सकेको छैन । सितापाइला – नौबिसे सुरुङ मार्गको शिलान्यास भएको छ, तर काठमाण्डौमा मोनो र मेट्रा ेरेलको लागि भने काम सुरु भएको छैन । रेल मार्ग र सुरुङ मार्गको लागि लगानी नभएको भन्दै सरकारी गुनासो त...