सिंहदरबारमा नेपाली सेनाको नयाँ भवन शिलान्यास

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार परिसरभित्र निर्माण हुन लागेको नेपाली सेनाको नयाँ चण्डी दल भवनको शिलान्यास गरेकी छन् । सिंहदरबारको पश्चिम खण्डमा निर्माण हुन लागेको आधुनिक भवनको मन्त्री झाँक्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वानाथ पौडेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ४३ रोपनी ६ आना क्षेत्रफलमा चण्डी दल गणको भवन निर्माणको काम अघि बढाएको हो ।&

सम्बन्धित सामग्री

नेपाली सेनाको नयाँ भवन शिलान्यास

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । उहाँले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिनुभयो। मन्त्री झाँक्रीले मन्त्रालय र भवन नर्मिाण विभागले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै लक्ष्यमा […]

मन्त्री झाँक्रीद्वारा सिंहदरवारभित्र बन्ने सेनाको नयाँ भवन शिलान्यास (फोटो फिचर)

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार परिसरभित्र निर्माण हुन लागेको नेपाली सेनाको नयाँ चण्डी दल भवनको शिलान्याश गर्नुभएको छ ।