मधेस प्रदेशको राजधानी जनकपुरधाममा नमूना बसपार्क निर्माण कार्य सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ मा हाल सञ्चालित जनकपुरधाम बसपार्क अस्तव्यस्त भएपछि सोही बसपार्कलाई आधुनिक सुविधायुक्त नमूना बसपार्क निर्माण गर्न लागिएको हो । सो बसपार्क निर्माण कार्यको गत असारमा शहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका थिए । पछिल्लो समय धार्मिक पर्यटकको हव बन्दै गएको जनकपुरधाममा सुविधा सम्पन्न बसपार्क निर्माणकार्य अघि बढाएको सङ्घीय आयोजना कार्यान्वयन इकाई जनकपुरधामका प्रमुख प्रदीप खनालले जानकारी