नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद रामनारायण बिडारीले यो गठबन्धन कायम रहनेगरि र एमसीसी परिमार्जनसहित पारित गर्नेगरि सहमति हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बिडारीले एमसीसी परिमार्जनसहित मात्रै संसदबाट अनुमोदन हुने दाबी गरेका छन् । उनले भने,एमसीसी संशोधनसहित पारित गर्नुपर्छ । यो बीचमा भएका पत्राचार हामीले हेर्न पाएका छैनौं । ८ देखि १० पत्र टेबुल हुनुपर्यो । भविष्यमा अमेरिकाले बनाउने र लिने नीति मान्छु भन्ने कुरा राख्नुहुँदैन । यस