सनराइज क्यापिटलको साधारणसभा आह्वान, ४० प्रतिशत लाभांश प्रस्ताव

सनराइज क्यापिटल Sunrise Capital ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १२ गते कमलपोखरी  स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो। कम्पनीको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी भएकोले बैंकले यो लाभांश पाउने छ । त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  । 

सम्बन्धित सामग्री

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सोमवार, १४.७४% लाभांश प्रस्ताव

चैत २०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोले २१औं वार्षिक साधारण सभा सोमवार (चैत २१ गते) हुँदैछ । कम्पनीले भिष्वा होटल वीरगञ्जमा बिहान ९ बजे सभा गर्न लागेको हो ।  सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ का लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिकको विषय टुङ्ग्याउनेछ ।  लाभांश वितरणको इतिहासमा १२६ दशमलव ३१ प्रतिशतसम्म वितरण गरेको कम्पनीले यस वर्ष कुल १४ दशमलव ७४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब १९ करोड ९९ लाख ७० हजार छ । यी प्रस्तावहरुसँगै संस्थापक शेयरधनीहरुबाट चार जना सञ्चालकहरु निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्तावपनि सभाबाट स्वीकृत गराउनेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते (एक दिन) बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।

लाभांश प्रस्ताव गरेकै दिन नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य ५.१३% घट्यो

चैत १, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य ५ दशमलव १३ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६२६ मा झरेको हो । कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो ।  कम्पनीले मंगलवार मात्रै गत आवको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै मंगलवार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. ३४ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  नेपाल दूरसञ्चार कम्पनी बाहेक मैलुङखोला जलविद्युुत कम्पनीको शेयरमूल्य ४ दशमलव ८६ प्रतिशत घटेर प्रतिकित्ता रू. ६५२ कायम भएको छ ।

एनसीएचएलले ४० प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते होटेल र्याडिसनमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीमा नेपाल राष्ट्र बैंक सहित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको छ । कम्पनीको सभाले आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागी लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको निर्वाचन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

सिडिएसद्वारा ४० प्रतिशत लाभांश प्रस्ताव, साधारणसभा आह्वान

सिडिएस एण्ड क्लियारिङ लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते बिहान ११ बजे पुतलीसडक स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को नाफा बाट ४० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन्।यो कम्पनी नेपाल स्टक एक्सचेन्ज नेप्सेको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो ।

सनराइज क्यापिटल लिमिटेडको ११औँ एजीएम सम्पन्न, ४०% नगद लाभांश प्रस्ताव पारित

सनराइज क्यापिटल लिमिटेडले ११औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामार्फत क्यापिटलले शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।साधारणसभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको हो । संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने ८ करोड

सिद्धार्थ क्यापिटलको साधारण सभा असोज १८ गते, ४०% नगद लाभांश प्रस्ताव

भदौ २८, काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले असोज १८ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ ।  क्यापिटलको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा साँझ ४ बजे सभा बोलाइएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।  साथै, प्रस्तावित ४० प्रतिशत नगद लाभांश समेत सभाले पारित गर्नेछ । क्यापिटलले गत आर्थिक वर्ष ०७७/७८ को सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रू. २ लाखलाई समेत सभाले पारित गर्नेछ । कोभिडको जोखिमलाई ध्यानमा राखी सभामा भर्चुअल माध्यमबाट सहभागी गराउने व्यवस्था क्यापिटलले गरेको छ ।

नबिल इक्वीटी फण्डद्वारा ४० % लाभांश प्रस्ताव

भदौ २३, काठमाडौं । नबिल इक्वीटी फण्डले यस वर्ष करसमेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।  नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको मंगलवार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/ ७८ को लागि इकाईधनीहरुलाई करसमेत रू. ५० करोड बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।  यो लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति भनेपछि प्रकाशित गरिने जानकारी दिइएको छ ।

सिटिजन्स म्युचुअल फण्ड - १ र २ ले गरे लाभांश प्रस्ताव

भदौ २, काठमाडौं । सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका दुई ओटा योजनाले बुधवार लाभांश सार्वजनिक गरेका छन् ।  सिटिजन्स म्युचुअल फण्ड - १ र सिटिजन्स म्युचुअल फण्ड - २ ले लाभांश प्रस्ताव गरेका हुन् ।  योजना व्यवस्थापक सिविआईएल क्यापिटलको भदौ १ गतेको सञ्चालक समितिको बैठकले दुबै योजनाका इकाईधनीहरुलाई एउटै अनुपातमा करसमेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  यो लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति भने पछि तय हुने क्यापिटलले जानकारी दिएको छ ।