भदौ २, काठमाडौं । सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका दुई ओटा योजनाले बुधवार लाभांश सार्वजनिक गरेका छन् ।
सिटिजन्स म्युचुअल फण्ड - १ र सिटिजन्स म्युचुअल फण्ड - २ ले लाभांश प्रस्ताव गरेका हुन् ।
योजना व्यवस्थापक सिविआईएल क्यापिटलको भदौ १ गतेको सञ्चालक समितिको बैठकले दुबै योजनाका इकाईधनीहरुलाई एउटै अनुपातमा करसमेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यो लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति भने पछि तय हुने क्यापिटलले जानकारी दिएको छ ।