भदौ २३, काठमाडौं । नबिल इक्वीटी फण्डले यस वर्ष करसमेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको मंगलवार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/ ७८ को लागि इकाईधनीहरुलाई करसमेत रू. ५० करोड बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
यो लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति भनेपछि प्रकाशित गरिने जानकारी दिइएको छ ।