अपि पावरको हकप्रद शेयर बाँडफाँट, नबिकेको ११ लाख ९४ भन्दा बढी कित्ता असोज १७ देखि लिलामी

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन ३१ देखि भदौ १९ गतेसम्म विक्री गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले असोज ८ गते रितपूर्वक आवेदन दिएका १ लाख १० हजार ५६१ जना आवेदकहरूलाई १ करोड ५३ लाख ३८ हजार २०३ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । पहिलो चरणमा वितरण हुन नसकेको ११ लाख ९४ हजार ९३४ कित्ता हकप्रद शेयर असोज १७ देखि लिलामीमा ल्याउने कम्पनीले तय गरेको छ । असोज २४ गतेसम्म विक्रीमा रहने कम्पनीको अवितरित हकप्रद शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्दै आवेदन दिन सकिनेछ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड र मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, विराटनगर, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन फाराम प्राप्त गर्न र बुझाउन सकिनेछ । लिलामीमा आउने सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुग्नेछ ।  गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेस गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

घलेम्दी हाइड्रोको हकप्रद शेयर बाँडफाँट, ३२ लाखभन्दा बढी कित्ता लिलामीमा आउने

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मङ्सिर १० गतेदेखि पुस १६ गतेसम्म विक्री गरेको २०० प्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूका लागि विद्यमान चुक्ता पूँजी ५५ करोड रुपैयाँको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । सो अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद विक्री खुला गरेकोमा पुस २५ गते ७७ लाख ८२ हजार २७६ कित्ता हकप्रद शेयर बाँडफाँट भएको हो । कम्पनीले निष्कासन गरेको कुल कित्ता हकप्रद शेयरमध्ये ३२ लाख १७ हजार ७२४ कित्ता भने वितरण हुन सकेको छैन । यस अवधिमा विक्री हुन नसकेको यी शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले कुल १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद शेयर असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका लगानीकर्तामा कात्तिक १९ गते उक्त हकप्रद शेयर बाँडफाँट गरिएको हो । कुल कित्ता अवितरित हकप्रद शेयरमध्ये सर्वसाधारणतर्फ ६० हजार ६५० कित्ता र संस्थापकतर्फ ८२ हजार १२३ कित्ता रहेको थियो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार संस्थापकतर्फको शेयर प्रतिकित्ता १०१ रुपैयाँ २ पैसा र सर्वसाधारणतर्फको शेयर प्रतिकित्ता २६० रुपैयाँ ५० पैसामा बोलपत्र पेस गर्नेहरूको हकमा समानुपातिक रुपमा बाँडफाँट गरिएको हो । यो शेयर बाँडफाँटमा नपरेको शेयरबापतको रकम कात्तिक २२ गतेदेखि फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले यसअघि भदौ १० देखि ३१ गतेसम्म विक्री ३५ प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको यो शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरी असोज १२ गते बाँडफाँट गरेको थियो । अवितरित हकप्रद शेयरसमेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम भएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

अपि पावरको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म ४० प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर असोज १७ गतेदेखि २४ गतेसम्म लिलामी प्रक्रियाबाट विक्री गरेको हो ।  तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र असोज ३० गते खोली कात्तिक ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो । अपि पावरको अवितरित हकप्रद शेयरको कटअप मूल्य प्रतिकित्ता १५१ रूपैयाँ १० पैसा रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षित भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यो अवितरित हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम कात्तिक १० गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीले ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रूपैयाँ चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अवितरित सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख रूपैयाँभन्दा बढी पुगेको छ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गरेको हो । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १७१ रूपैयाँ ९० पैसा रहेको छ । कम्पनीले विक्री गरेको हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि कारोबारयोग्य हुनेछ ।

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँट

जेठ १०, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्री गरेकोे अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर विक्रीका लागि वैशाख १९ गतेदेखि वैशाख २७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र माग गरेको थियो ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते निष्कासन कर्ता कम्पनी र विक्री प्रबन्धकका प्रतिनिधिहरुको रोहवरमा खोली जेठ ९ गते प्रचलित कानून बमोजिम बाँडफाँट गरिएको हो ।  प्रतिकित्ता रू. १०० तोकिएको उक्त हकप्रद शेयर बाँडफाँटको अन्तिम मूल्य रू. ९३६ रहेको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।  कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा १:०.३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गरेको हो । अवितरित बाँकी हकप्रद शेयर विक्री तथा बाँडफाँट पश्चात यो पूँजी रू. २ अर्ब २८ करोड पुगेको छ ।  बाँडफाँटमा नपरेको शेयर वापतको रकम जेठ १६ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिने जानकारी समेत विक्री प्रबन्धकले गराएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँट

जेठ ४, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारणतर्फको ८८ हजार ९३४ कित्ता शेयर वैशाख १२ गतेदेखि २१ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २८ गतेका दिन विक्री प्रबन्धकको कार्यालय नक्साल, काठमाडौंमा खोली फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । जेठ ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयर बाँडफाँट गरेको हो । कम्पनीको संस्थापकतर्फको शेयरको कटअफ मूल्य रू. १५१ र सर्वसाधारणतर्फको कटअफ मूल्य रू. ४६५ राखी शेयर बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको छ । बोलपत्रवालाहरुको बाँडफाँटमा नपरेको वा आंशिक परी बाँकी शेयर वापतको रकम फिर्ता भुक्तानी जेठ ५ गतेदेखि गरिने भएको छ ।

अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयर बाँडफाँट

काठमाडौं, २७ असार । अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीको ४ लाख ३५ हजार ८९४ कित्ता वितरण हुन नसकेको हकप्रद शेयर बैशाख ६ गतेदेखि शेयर लिलामी बिक्रि गरेको हो । शेयर विक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने शेयर नपरेकाहरुको रकम भोलीबाट आवेदकको खातामै रकमान्तर गर्ने कम्पनीले जनाएको […]

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट

काठमाडौं, २२ असार । समृद्धि फाइनान्सको असार ३ गतेदेखि लिलामी बिक्रिमा ल्याएको अवितरित हकप्रद शेयर आज बाँडफाँट भएको छ । कम्पनीले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी विक्रि खुल्ला गरेको थियो । कम्पनीले आज शेयर खरिदको लागि बोलपत्र पेश गरेका शेयरधनीहरुलाई २ लाख ४५ हजार १६० कित्ता शेयर बाँडफाँट गरेको हो । […]