समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट

काठमाडौं, २२ असार । समृद्धि फाइनान्सको असार ३ गतेदेखि लिलामी बिक्रिमा ल्याएको अवितरित हकप्रद शेयर आज बाँडफाँट भएको छ । कम्पनीले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी विक्रि खुल्ला गरेको थियो । कम्पनीले आज शेयर खरिदको लागि बोलपत्र पेश गरेका शेयरधनीहरुलाई २ लाख ४५ हजार १६० कित्ता शेयर बाँडफाँट गरेको हो । […]

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट, रकम फिर्ता २१ गतेदेखि

वैशाख १७, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म निष्कासन गरी विक्री नभएको अवितरित हकप्रद शेयर बोलकबोलमार्फत विक्री गरी बाँडफाँट गरेको छ । विक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडमा वैशाख १६ गते शुक्रवार सर्वसाधारण समूहतर्फ ७३ हजार १०० कित्ता र संस्थापक समूहतर्फ ९४ हजार ७०० कित्ता शेयर बाँडफाँट भएको हो ।  संस्थापक समूहको कटअफ मूल्य १०१ रुपैयाँ र सर्वसाधारण समूहको कटअफ मूल्य २०५ रुपैयाँ राखी शेयर बाँडफाँड गरिएको हो । त्यस्तै बोलकबोल शेयरको बाँडफाँटमा नपरेका तथा आंशिक रूपमा बाँडफाँटमा परी बाँकी आवेदकहरूको शेयर वापतको रकम वैशाख २१ गते बुधवारदेखि आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खाता नम्बरमा रकम फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म २ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेकोमा उक्त अवधिमा ९ लाख ४० हजार ४६६ कित्ता शेयर विक्री भएको थिएन् । तोकिएको समयावधिभित्र संस्थापक समूहतर्फको ८ लाख ६७ हजार ३६३ कित्ता र सर्वसाधारणतर्फको ७३ हजार १०० कित्ता शेयरमा आवेदन नपरेपछि कम्पनीले बोलकबोलमार्फत उक्त हकप्रद शेयर विक्री गरेको थियो ।   विक्री प्रबन्धकबाट जारी सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

समृद्धि फाइनान्स कम्पनीको हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा आउने

चैत २१, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले हकप्रद शेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर लिलामीमा ल्याउने जानकारी दिएको हो ।  कम्पनीले फागुन ८ गतेदेखि २९ गते सम्म २ : १ अनुपातमा रू.१०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । कुल हकप्रद शेयरमध्ये संस्थापक समूहको हक हस्तान्तरणसमेत गरी कुल ६३ जना शेयरधनीहरुबाट  ७ लाख ५३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको हकहस्तान्तरण समेत गरी कुल ८ हजार २३५ जना शेयरधनीबाट आवेदन परेको जम्मा १० लाख ३६ हजार ७७ कित्ता हकप्रद शेयर गरी कुल १७ लाख ८९ हजार २३९ कित्ता शेयर गत चैत १६ गते बाँडफाँट गरेको कम्पनीले बताएको छ ।  बाँकी नबिकेको शेयर कम्पनीले लिलामीमा ल्याउने तयारी गरेको हो । कम्पनीले लिलामीमा शेयर विक्री गर्ने मिति भने तय गरेको छैन ।

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

चैत १७, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर चैत १६ गते (बुधवार) बाँडफाँट भएको छ ।  कम्पनीले पुस ८ गतेसम्मका कायम शेयरधनीहरुका लागि फागुन ८ गतेदेखि २९ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।  सो मध्ये रितपूर्वक आवेदन दिने आवेदकलाई हक बमोजिम १७ लाख ८९ हजार २३९ कित्ता शेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ ।  साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम चैत २० गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा आईपीएस मार्फत पठाउने भएको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा बिओके  क्यापिटल लिमिटेड रहेको छ ।

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता भुक्तानी

साउन १७, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ ।  कम्पनीले असार २९ गतेदेखि साउन ५ गतेसम्म लिलामीमा विक्री गरेको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर साउन १५ गते बाँडफाँट गरेको हो । कम्पनीले यस अघि असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गरेको हो ।  तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा रू. १०२ देखि रू. १०५ दशमलव शून्य ५ सम्म लगानी गर्ने २० जना आवेदकहरुलाई माग बमोजिम नै र रू. १०१ का दरले बोलकबोल गर्ने ११ जना आवेदकहरुलाई समानुपातिक रुपमा आंशिक बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।  उक्त बाँडफाँटमा नपरेको रकम आइतवारदेखि सम्बन्धीत आवेदकको बैंक खातामै रकमान्तर गरिने समेत कम्पनीले जानकारी दिएको छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।