एचआईडिसिएलको हकप्रद शेयर बाँडफाँट, ३ करोड ६२ लाखभन्दा बढी कित्ता शेयर लिलामीमा आउने

भदौ २८, काठमाडौं । हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ ।  कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म विक्री गरेको शत प्रतिशत हकप्रद शेयर भदौ २६ गते बाँडफाँट गरेको हो । कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।  तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका १ लाख ९६ हजार ४२४ जनालाई ७ करोड ३६ लाख ७० हजार २७६ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । यस आधारमा कम्पनीको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर वितरण हुन सकेन । कम्पनीले उक्त शेयर अब लिलामी प्रकृयाबाट विक्री गर्नेछ ।  हकप्रद शेयर खरीदका लागि आफ्नो कायम हकभन्दा बढी शेयर माग गरी आवेदन दिएका आवेदकहरुको हकमा बाँडफाँटमा नपरेका हकप्रद शेयर बापतको रकम भदौ ३१ गतेदेखि सम्बन्धित आवेदकहरुको बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि (जेठ २८ गते) एक दिन बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका थिए । हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

सम्बन्धित सामग्री

अपर तामाकोशीको हकप्रद शेयर बाँडफाँट

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म विक्री गरेको शतप्रतिशत हकप्रद शेयर मङ्सिर २८ गते बाँडफाँट गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा साउन २५ गतेसम्म कायम शेयरधनीहरूका लागि कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र आवेदन दिएका शेयरधनीहरूमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले दिएको छ ।  सम्पूर्ण कित्ता हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले कुल १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद शेयर असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका लगानीकर्तामा कात्तिक १९ गते उक्त हकप्रद शेयर बाँडफाँट गरिएको हो । कुल कित्ता अवितरित हकप्रद शेयरमध्ये सर्वसाधारणतर्फ ६० हजार ६५० कित्ता र संस्थापकतर्फ ८२ हजार १२३ कित्ता रहेको थियो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार संस्थापकतर्फको शेयर प्रतिकित्ता १०१ रुपैयाँ २ पैसा र सर्वसाधारणतर्फको शेयर प्रतिकित्ता २६० रुपैयाँ ५० पैसामा बोलपत्र पेस गर्नेहरूको हकमा समानुपातिक रुपमा बाँडफाँट गरिएको हो । यो शेयर बाँडफाँटमा नपरेको शेयरबापतको रकम कात्तिक २२ गतेदेखि फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले यसअघि भदौ १० देखि ३१ गतेसम्म विक्री ३५ प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको यो शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरी असोज १२ गते बाँडफाँट गरेको थियो । अवितरित हकप्रद शेयरसमेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम भएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

अपि पावरको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म ४० प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर असोज १७ गतेदेखि २४ गतेसम्म लिलामी प्रक्रियाबाट विक्री गरेको हो ।  तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र असोज ३० गते खोली कात्तिक ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो । अपि पावरको अवितरित हकप्रद शेयरको कटअप मूल्य प्रतिकित्ता १५१ रूपैयाँ १० पैसा रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षित भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यो अवितरित हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम कात्तिक १० गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीले ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रूपैयाँ चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अवितरित सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख रूपैयाँभन्दा बढी पुगेको छ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गरेको हो । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १७१ रूपैयाँ ९० पैसा रहेको छ । कम्पनीले विक्री गरेको हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि कारोबारयोग्य हुनेछ ।

हिमाल दोलखा हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित १५ लाख ७७ हजार २११ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि जेठ २२ गतेदेखि असार २५ गतेसम्म ७५ प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त शेयर साउन २२ गतेदेखि २९ गतेसम्म विक्री गरी भदौ ८ गते बाँडफाँट गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रूपैयाँको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा हकप्रद शेयर विक्री प्रक्रिया पुरा गरेको हो । सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ पुगेको । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार रूपैयाा रहेको छ भने माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रूपैयाँ रहेको छ .

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँट

जेठ १०, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्री गरेकोे अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर विक्रीका लागि वैशाख १९ गतेदेखि वैशाख २७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र माग गरेको थियो ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते निष्कासन कर्ता कम्पनी र विक्री प्रबन्धकका प्रतिनिधिहरुको रोहवरमा खोली जेठ ९ गते प्रचलित कानून बमोजिम बाँडफाँट गरिएको हो ।  प्रतिकित्ता रू. १०० तोकिएको उक्त हकप्रद शेयर बाँडफाँटको अन्तिम मूल्य रू. ९३६ रहेको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।  कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा १:०.३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गरेको हो । अवितरित बाँकी हकप्रद शेयर विक्री तथा बाँडफाँट पश्चात यो पूँजी रू. २ अर्ब २८ करोड पुगेको छ ।  बाँडफाँटमा नपरेको शेयर वापतको रकम जेठ १६ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिने जानकारी समेत विक्री प्रबन्धकले गराएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँट

जेठ ४, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारणतर्फको ८८ हजार ९३४ कित्ता शेयर वैशाख १२ गतेदेखि २१ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २८ गतेका दिन विक्री प्रबन्धकको कार्यालय नक्साल, काठमाडौंमा खोली फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । जेठ ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयर बाँडफाँट गरेको हो । कम्पनीको संस्थापकतर्फको शेयरको कटअफ मूल्य रू. १५१ र सर्वसाधारणतर्फको कटअफ मूल्य रू. ४६५ राखी शेयर बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको छ । बोलपत्रवालाहरुको बाँडफाँटमा नपरेको वा आंशिक परी बाँकी शेयर वापतको रकम फिर्ता भुक्तानी जेठ ५ गतेदेखि गरिने भएको छ ।

शिखर इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट

वैशाख ७, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर वैशाख ५ गते बाँडफाँट भएको छ । कम्पनीले गत माघ २० गतेसम्मका कायम शेयरधनीहरुका लागि चैत १ गतेदेखि चैत २१ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।  सो मध्ये रितपूर्वक आवेदन दिने २७ हजार ७१० जना शेयरधनीलाई ५१ लाख ९७ हजार ८५१ दशमलव १२ कित्ता शेयर बाँडफाँट गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा ३० प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ३ अनुपातमा उक्त हकप्रद शेयर विक्री गरेको हो । कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँट

मंसिर १७, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँट भएको छ ।  कम्पनीले असोज १५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयरको मंसिर १६ गते बाँडफाँट भएको जानकारी दिएको हो । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।  उक्त शेयरमा ६ हजार १८० जना शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव ४७६८ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले  विक्री नभएको २७ हजार २५७ दशमलव २ कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्नेछ ।

अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयर बाँडफाँट

काठमाडौं, २७ असार । अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीको ४ लाख ३५ हजार ८९४ कित्ता वितरण हुन नसकेको हकप्रद शेयर बैशाख ६ गतेदेखि शेयर लिलामी बिक्रि गरेको हो । शेयर विक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने शेयर नपरेकाहरुको रकम भोलीबाट आवेदकको खातामै रकमान्तर गर्ने कम्पनीले जनाएको […]

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट

काठमाडौं, २२ असार । समृद्धि फाइनान्सको असार ३ गतेदेखि लिलामी बिक्रिमा ल्याएको अवितरित हकप्रद शेयर आज बाँडफाँट भएको छ । कम्पनीले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी विक्रि खुल्ला गरेको थियो । कम्पनीले आज शेयर खरिदको लागि बोलपत्र पेश गरेका शेयरधनीहरुलाई २ लाख ४५ हजार १६० कित्ता शेयर बाँडफाँट गरेको हो । […]