मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले कुल १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद शेयर असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका लगानीकर्तामा कात्तिक १९ गते उक्त हकप्रद शेयर बाँडफाँट गरिएको हो । कुल कित्ता अवितरित हकप्रद शेयरमध्ये सर्वसाधारणतर्फ ६० हजार ६५० कित्ता र संस्थापकतर्फ ८२ हजार १२३ कित्ता रहेको थियो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार संस्थापकतर्फको शेयर प्रतिकित्ता १०१ रुपैयाँ २ पैसा र सर्वसाधारणतर्फको शेयर प्रतिकित्ता २६० रुपैयाँ ५० पैसामा बोलपत्र पेस गर्नेहरूको हकमा समानुपातिक रुपमा बाँडफाँट गरिएको हो । यो शेयर बाँडफाँटमा नपरेको शेयरबापतको रकम कात्तिक २२ गतेदेखि फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले यसअघि भदौ १० देखि ३१ गतेसम्म विक्री ३५ प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको यो शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरी असोज १२ गते बाँडफाँट गरेको थियो । अवितरित हकप्रद शेयरसमेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम भएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजारभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले ३५ प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर भने लिलामी प्रक्रियबाट विक्री हुनेछ । कम्पनीले भदौ १० देखि ३१ गतेसम्म विक्री गरेको ३५ प्रतिशत हकप्रद शेयर असोज १२ गते बाँडफाँट गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।  तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४ हजार ३२८ जना शेयरधनीहरूमा १४ लाख ३९ हजार २२७ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो । हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम असोज १६ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउने व्यवस्था थियो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पूरा गरेको छ । अवितरित हकप्रद शेयरसमेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ ।