हिमाल दोलखा हाइड्रोको हकप्रद शेयर बाँडफाँट, १५ लाख ७७ हजारभन्दा बढी कित्ता लिलामी गरिने

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले जेठ २२ गतेदेखि असार २५ गते सम्म हाल कायम चुक्ता पूँजीको  ७५ प्रतिशत  हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिसम्म रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई १ करोड ४ लाख २२ हजार ७८९ कित्ता हकप्रद शेयर साउन ३ गते बाँडफाँट गरिएको हो । कम्पनीले विक्री गरेको हकप्रद शेयर १५ लाख ७७ हजार २११  कित्ता भने विक्री हुन नसकेको कम्पनीले जानकारी दिएको छ । वितरण हुन नसकेको उक्त शेयर लिलमीमा विक्री गरिनेछ ।  कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको हकप्रद शेयर विक्री गरेको हो । सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउने व्यवस्था थियो । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार रुपैयाँ छ भने माई साना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रुपैयाँ छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

अपर तामाकोशीको हकप्रद शेयर बाँडफाँट

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म विक्री गरेको शतप्रतिशत हकप्रद शेयर मङ्सिर २८ गते बाँडफाँट गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा साउन २५ गतेसम्म कायम शेयरधनीहरूका लागि कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र आवेदन दिएका शेयरधनीहरूमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले दिएको छ ।  सम्पूर्ण कित्ता हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट

एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ  । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयर आज बाँडफाँट गरेको हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार सर्वसाधारणलाई नौ लाख ९४ हजार एक सय १४ […]

आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँट

जेठ ४, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारणतर्फको ८८ हजार ९३४ कित्ता शेयर वैशाख १२ गतेदेखि २१ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २८ गतेका दिन विक्री प्रबन्धकको कार्यालय नक्साल, काठमाडौंमा खोली फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । जेठ ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयर बाँडफाँट गरेको हो । कम्पनीको संस्थापकतर्फको शेयरको कटअफ मूल्य रू. १५१ र सर्वसाधारणतर्फको कटअफ मूल्य रू. ४६५ राखी शेयर बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको छ । बोलपत्रवालाहरुको बाँडफाँटमा नपरेको वा आंशिक परी बाँकी शेयर वापतको रकम फिर्ता भुक्तानी जेठ ५ गतेदेखि गरिने भएको छ ।

शिखर इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट

वैशाख ७, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर वैशाख ५ गते बाँडफाँट भएको छ । कम्पनीले गत माघ २० गतेसम्मका कायम शेयरधनीहरुका लागि चैत १ गतेदेखि चैत २१ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।  सो मध्ये रितपूर्वक आवेदन दिने २७ हजार ७१० जना शेयरधनीलाई ५१ लाख ९७ हजार ८५१ दशमलव १२ कित्ता शेयर बाँडफाँट गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा ३० प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ३ अनुपातमा उक्त हकप्रद शेयर विक्री गरेको हो । कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँट

मंसिर १७, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँट भएको छ ।  कम्पनीले असोज १५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयरको मंसिर १६ गते बाँडफाँट भएको जानकारी दिएको हो । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।  उक्त शेयरमा ६ हजार १८० जना शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव ४७६८ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले  विक्री नभएको २७ हजार २५७ दशमलव २ कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्नेछ ।

फर्स्ट माइक्रोफाइनान्सको लिलामी शेयर बाँडफाँट तथा रकम फिर्ता

भदौ २, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँट गरिएको छ ।  कम्पनीले १ लाख कित्ता संस्थापक शेयर विक्रीका लागि साउन १३ गतेदेखि १७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्र साउन २७ गते बाँडफाँट गरेको हो ।  कम्पनीले प्रतिकित्ता रू. ३४५ मूल्य तोकेर यो शेयर लिलामीमा ल्याएको हो । रितपूर्वक आवेदन दिने आवेदकलाई प्रशोधन गर्दा प्रतिकित्ता रू. ३४५ का दरले आवेदन दिने आवेदकलाई माग बमोजिम १ हजार ५०० कित्ता कित्ता शेयर बाँडफाँट गरेको हो ।  साथै, बढी रकम भुक्तानी गर्ने आवेदकहरुको शेयर वापतको रकम आवेदकले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको लिलामी शेयर बाँडफाँट

असार ३१, काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँट गरिएको छ ।  कम्पनीले १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक शेयर विक्रीका लागि असार १८ गतेदेखि २९ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई असार ३० गते ५३ हजार १०० कित्ता शेयर बाँडफाँट गरिएको हो ।  कम्पनीले प्रतिकित्ता रू. ७०० मूल्य तोकेर यो शेयर लिलामीमा ल्याएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयर बाँडफाँट

काठमाडौं, २७ असार । अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीको ४ लाख ३५ हजार ८९४ कित्ता वितरण हुन नसकेको हकप्रद शेयर बैशाख ६ गतेदेखि शेयर लिलामी बिक्रि गरेको हो । शेयर विक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने शेयर नपरेकाहरुको रकम भोलीबाट आवेदकको खातामै रकमान्तर गर्ने कम्पनीले जनाएको […]

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट

काठमाडौं, २२ असार । समृद्धि फाइनान्सको असार ३ गतेदेखि लिलामी बिक्रिमा ल्याएको अवितरित हकप्रद शेयर आज बाँडफाँट भएको छ । कम्पनीले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी विक्रि खुल्ला गरेको थियो । कम्पनीले आज शेयर खरिदको लागि बोलपत्र पेश गरेका शेयरधनीहरुलाई २ लाख ४५ हजार १६० कित्ता शेयर बाँडफाँट गरेको हो । […]