कर्णाली प्रदेश सरकार पुनर्गठन, शाही सरकार जोगाउन फ्लोर क्रस गर्ने तीन प्रदेश सांसदलाई मन्त्री पद

काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन फ्लोर क्रस गर्ने तीनजना प्रदेशसभा सदस्य मन्त्री बनेका छन्। मुख्यमन्त्री शाहीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री तथा कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका छन्। शाही सरकार बचाउन तीनजनासहित प्रकाश ज्वालाले फ्लोर क्रस गरेका थिए।

सम्बन्धित सामग्री

'फ्लोर क्रस' गरेर समाजवादी रोजेका शाही एमालेबाट प्रदेश सभाको उम्मेदवार

कर्णाली प्रदेश सरकारमा हुँदा 'फ्लोर क्रस' गरेर समाजवादी रोजेका कुर्मराज शाही एमालेबाट प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटमा उम्मेदवारी दर्ता गराएका हुन्।शनिबारसम्म समाजवादीमै रहेका उनले एक्कासी एमालेबाट प्रदेश सभा (क)मा उम्मेदवारी दर्ता गराएका छन्। शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुँदा बलात्कारको आरोप समेत लागेको थियो । उनी प्रदेश सभामा हुँदा विवादित व्यक्तिको रुपमा परिचित थिए।शाही समाजवादीको प्रदेश कमिटी उपसचि

एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी थापालाई

सुर्खेत । नेकपा(एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दैलेखका अम्मर बहादुर थापालाई दिइएको छ ।  पार्टीको शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकबाट हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत रहेका थापालाई जिम्मेवारी दिएको हो ।  दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गत वैशाख ३ गते एमालेमै हुँदा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई […]

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा अम्मरबहादुर थापा

सुर्खेत । नेकपा (एकीकृत) समाजवादी दलको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिइएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो ।थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत छन् ।एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि मन्त्री बनेका थिए । उनको मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदैछ । दलले यसअघि प्रकाश ज्वालालाई प्रदेश इञ्

प्रकाश ज्वालाको प्रष्टीकरण : फ्लोर क्रस होइन्, पार्टी निर्णयको कार्यान्वयन

सुर्खेत : पार्टी नीतिविपरीत काम गरेको आरोपमा नेकपा एमालले कारबाही गरेका प्रकाश ज्वालाले कर्णालीमा फ्लोर क्रम नगरेको प्रष्टीकरण गरेको छन्।बैशाख ३ गते कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको ज्वालाले १७ दिनपछि आफूले फ्लोर क्रस नगरी पार्टी निर्णयको कार्यान्वयन गरेको विज्ञप्तिमार्फत प्रष्टीकरण दिएका छन्।कर्णाली प्रदेश सरकारका विषयमा नेकपा (एमाले) केन्द्रीय र प्रदेश कमिटीले कुनै आधिकारिक निर

यामलाल कँडेलको आक्रोश : फ्लोर क्रस गर्नेहरू भगौडा हुन्

१३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले ‘फ्लोर क्रस’ गरेका सांसदहरूलाई भगौडाको संज्ञा दिएका छन् । प्रदेशसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेता कँडेलले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गर्ने काम अनैतिक र राजनीतिक अपराध भएको बताए । प्रदेश सरकारमा राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको भन्दै उनले यस्ता प्रवृत्तिले व्यवस्थामाथि नै […]

फ्लोर क्रस गर्ने कर्णालीका तीन प्रदेशसभा सदस्य एमालेबाट निष्कासित

४ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ । प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो । ‘उहाँहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ,’ नेता यमलाल कँडेलले […]

'फ्लोर क्रस' गर्ने कर्णालीका सांसदलाई कारबाही गर्न सिफारिस

सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले 'फ्लोर क्रस' गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासकाे मत पाएलगत्तै बसेको प्रदेशको एमाले संसदीय दल बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको एमालेको कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजङ्ग शाहले जानकारी दिनुभयो ।यस्तै बैठकले प्रदेश सांसद देवी ओलीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सांसद ओलीले मुख्यमन्त्री शाहीको पक्...

एमाले सांसदले फ्लोर क्रस गर्छन् भनेर चरित्र हत्या गरियो– यामलाल कंडेल

नेकपा एमालेले आफ्ना सांसदहरुले फ्लोर क्रस गरेर कर्णालीको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन्छन् भनेर सदस्यहरूको चरित्र हत्या गर्ने काम भएको आरोप लगाएको छ ।  शुक्रवार बसेको कर्णाली प्रदेश सभा बैठकको अधिवेशन शुभारम्भको मन्तव्यमा एमालेका यामलाल कंडेलले पार्टीका सांसदले फ्लोर क्रस गर्छन् भनेर गरिएका अफवाहप्रति आपत्ति जनाएका हुन ।  ‘एमालेमा देखिएको समस्या हामी समाधान गर्छौं । तर एमालेका सदस्यको चरित्र हत्या गर्नेगरी भइरहेको काम निन्दनीय छ,’ कंडेलले भने, ‘दलीय सीमालाई मिचेर सार्वजनिक...