'फ्लोर क्रस' गरेर समाजवादी रोजेका शाही एमालेबाट प्रदेश सभाको उम्मेदवार

कर्णाली प्रदेश सरकारमा हुँदा 'फ्लोर क्रस' गरेर समाजवादी रोजेका कुर्मराज शाही एमालेबाट प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटमा उम्मेदवारी दर्ता गराएका हुन्।शनिबारसम्म समाजवादीमै रहेका उनले एक्कासी एमालेबाट प्रदेश सभा (क)मा उम्मेदवारी दर्ता गराएका छन्। शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुँदा बलात्कारको आरोप समेत लागेको थियो । उनी प्रदेश सभामा हुँदा विवादित व्यक्तिको रुपमा परिचित थिए।शाही समाजवादीको प्रदेश कमिटी उपसचि