सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले 'फ्लोर क्रस' गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासकाे मत पाएलगत्तै बसेको प्रदेशको एमाले संसदीय दल बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको एमालेको कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजङ्ग शाहले जानकारी दिनुभयो ।यस्तै बैठकले प्रदेश सांसद देवी ओलीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सांसद ओलीले मुख्यमन्त्री शाहीको पक्...