सुर्खेत : पार्टी नीतिविपरीत काम गरेको आरोपमा नेकपा एमालले कारबाही गरेका प्रकाश ज्वालाले कर्णालीमा फ्लोर क्रम नगरेको प्रष्टीकरण गरेको छन्।बैशाख ३ गते कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको ज्वालाले १७ दिनपछि आफूले फ्लोर क्रस नगरी पार्टी निर्णयको कार्यान्वयन गरेको विज्ञप्तिमार्फत प्रष्टीकरण दिएका छन्।कर्णाली प्रदेश सरकारका विषयमा नेकपा (एमाले) केन्द्रीय र प्रदेश कमिटीले कुनै आधिकारिक निर