एमाले सांसदले फ्लोर क्रस गर्छन् भनेर चरित्र हत्या गरियो– यामलाल कंडेल

नेकपा एमालेले आफ्ना सांसदहरुले फ्लोर क्रस गरेर कर्णालीको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन्छन् भनेर सदस्यहरूको चरित्र हत्या गर्ने काम भएको आरोप लगाएको छ ।  शुक्रवार बसेको कर्णाली प्रदेश सभा बैठकको अधिवेशन शुभारम्भको मन्तव्यमा एमालेका यामलाल कंडेलले पार्टीका सांसदले फ्लोर क्रस गर्छन् भनेर गरिएका अफवाहप्रति आपत्ति जनाएका हुन ।  ‘एमालेमा देखिएको समस्या हामी समाधान गर्छौं । तर एमालेका सदस्यको चरित्र हत्या गर्नेगरी भइरहेको काम निन्दनीय छ,’ कंडेलले भने, ‘दलीय सीमालाई मिचेर सार्वजनिक...