गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले शेरचन र त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।  शेरचन र त्रिपाठी नेकपा एकता कायम रहेको समयमा माओवादी कोटाबाट प्रदेश प्रमुख भएका थिए । यसअघि माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका  २ नम्बर प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई पनि हटाइएको थियो । ...

सम्बन्धित सामग्री

प्रधानमन्त्री पदमुक्त भएको पत्र पुग्यो शीतल निवास

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी संसद सचिवालयले राष्ट्रपतिलाई गराएको छ।

तरुण दलको माग : महाअभियोग प्रस्तावबाट राष्ट्रपतिलाई हटाऊ

नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग प्रस्ताव लगाएर हटाउन माग गरेको छ । प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउन माग गरेका हुन् । विज्ञप्तिम...

नयाँ सरकार गठन प्रक्रिया थाल्न तीन दलको राष्ट्रपतिलाई आह्वान

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली आजको संसदबाट विश्वासको मत नपाइ पदमुक्त भएकाले संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठन गर्ने प्रक्रिया सुरु गर्न प्रेस विज्ञप्तिमा आह्वान गरिएको छ।

पराजुलीले बुझाए राष्ट्रपतिलाई राजीनामा

न्यायपरिषद्का सचिवले ‘पदमुक्त’ भएको पत्र थमाएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन्।   राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पराजुलीले बिहीबार राजीनामा बुझाएका हुन्। बिहान पराजुली राष्ट्रपतिलाई भेट्न...

पराजुलीले बुझाए राष्ट्रपतिलाई राजीनामा

न्यायपरिषद्का सचिवले ‘पदमुक्त’ भएको पत्र थमाएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पराजुलीले बिहीबार राजीनामा बुझाएका हुन्। बिहान पराजुली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए। महान्यायाधीवक्ता अग्नि खरेलले पराजुलीले राजीनामा राष्ट्रपतिलाई बुझाएको पुष्टि गरे। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले पनि पराजुलीको राजीनामा राष्ट्रपति कार्यालयमा रहेको बताए।

पदमुक्त भएको खबरपछि कानूनको किताब बोकेर पैदलै प्रधानमन्त्री निवास पुगे पराजुली

न्यायपरिषदका सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली गत २१ साउन मै पदमुक्त भएको पत्र जारी गर्दै गर्दा शीतलनिवासमा राष्ट्रपतिको शपथग्रहणका लागि तयारी भइरहेको थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। राष्ट्रपतिले गोपाल पराजुलीबाटै शपथ लिने कि नलिने भन्ने छोटो संशय तोड्दै शपथग्रहण कार्यक्रम समाप्त भयो । राष्ट्रपतिलाई शपथ गराएर निवास फर्किएका पराजुली…

राष्ट्रपतिलाई शपथ र प्रधानन्यायाधीश पदमुक्त सँगसँगै

काठमाडौं : राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारीले शपथग्रहण गरिरहँदा उनलाई शपथ खुवाउने प्रधानन्यायाधीश गोपाल पराजुली भने पदबाट मुक्त भएको निर्णय न्यायपरिषद् सचिवालयले सार्वजनिक गरिसकेको थियो। पदमुक्त गरिएको निर्णयको बोधार्थ राष्ट्रपति कार्यालयलाई पनि थियो। करिब ४ बजेको समयमा प्रधानन्यायाधीशबाट पराजुलीलाई पदम...