नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग प्रस्ताव लगाएर हटाउन माग गरेको छ । प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउन माग गरेका हुन् । विज्ञप्तिम...