काठमाडौं । ज्योति विकास बैंक (Jyoti Bikash Bank)ले बिहीवार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा १२०औं शाखाको औपचारिक उद्घाटन गरेको छ ।
शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल र बैंकका सञ्चालक रामकुमार श्रेष्ठले संयुक्तरूपमा गरेका थिए । सो अवसरमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल लगायत विभिन्न पदाधिकारी, कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायीको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि रिसालले बैंकको शाखाले सो क्षेत्रका ग्राहकलाई बैंकिङ सेवा थप सुलभ र सहज बनाउने अपेक्षा गरे । बैंकका सञ्चालक श्रेष्ठले सहज, सरल र आधुनिक बैंकिङ सेवा प्रदान गर्न बैंक सधैं प्रतिबद्ध रहेको बताए ।
बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकालले देशको उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकी नागरिकको समृद्धिमा सधैं साथ दिन र उच्चतम बैंकिङ सेवा प्रदान गर्न अग्रसर रहेको बताए ।