फागुन २, काठमाडौं । सोमवार नोल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । ज्योति विकास बैंक र नेपाल ल्यूब आयल लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।
नेपाल ल्यूब आयलको ९० हजार ५३ कित्ता र ज्योति विकास बैंकको ४२ लाख २९ हजार ३०५ दशमलव शून्य ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यी दुवै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।