ज्योति विकास बैंकको लाभांश घोषणा

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम हुने चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.५ प्रतिशत नगद लाभांश गरि कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।   हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७ सय ८१ रुपैयाँ रहेको छ ।कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।