कात्तिक १४, काठमाडौं । ज्योति विकास बैंकको ऋणपत्र आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
आइतवार नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै सोमवारदेखि कम्पनीको ऋणपत्र कारोबारमा आउनेछ । नौ प्रतिशत ज्योति विकास बैंक बण्ड २०८७ डिबेञ्चर नामक ऋणपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।