राष्ट्र बैङ्कको पाँच वर्षे रणनीति तयार

नेपाल राष्ट्र बैङ्कले पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । सन् २०२२ देखि २०२६ सम्मका लागि उक्त रणनीतिक योजनाले केन्द्रीय बैङ्कको आगामी पाँच वर्षको समग्र कार्य र रणनीति तय गरेको छ । सन् २००६ देखि रणनीतिक योजना बनाउन थालेको राष्ट्र बैङ्कको यो चौथो रणनीतिक योजना हो ।

सम्बन्धित सामग्री

कर्णालीमा बालविवाह अन्त्यको ८ वर्षे रणनीति तयार

कर्णाली प्रदेशमा बालविवाह अन्त्यको आठ वर्षे प्रादेशिक रणनीतिक योजनाको मस्यौदा तयार भएको छ । बढ्दो बालविवाहलाई न्यूनीकरण गर्न कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आठ वर्षे रणनीति योजनाको मस्यौदा तयार गरेको हो । सरकारी तथ्यांकअनुसार कर्णालीमा अझै ५२ प्रतिशत बालविवाह हुने गरेको छ । सामाजिक परम्परा, अशिक्षा, गरिबी र पछिल्लो समय प्रविधिको दुरुपयोगका कारण बढ्दो बालविवाहलाई […]

५ वर्षमा बालमैत्री पालिका घोषणा हुने, साढे २ करोड खर्च लाग्ने अनुमान

यहाँको तातोपानी गाउँपालिकाले बालमैत्री तथा बालविवाहमुक्त गाउँपालिका बनाउन पाँच वर्षे रणनीतिक कार्ययोजना तयार गरेको छ । आगामी २०८३ सम्म तातोपानीलाई बालविवाहमुक्त र बालमैत्री पालिका बनाउन पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा तयार भएको हो । तातोपानीले आफ्नो १२औं गाउँसभाबाट बालबिवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीति तयार गर्ने नीति पारित गरेको थियो । सोमबार सम्पन्न दुईदिने कार्यशाला […]

उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनद्वारा पाँच वर्षे रणनीति बनाउन समिति गठन

उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा उपप्रधान तथा ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्रीको शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गर्नुभएको हो । “आगामी पाँच वर्षका लागि …

पाँच वर्षे रणनीति तयार

जुम्लाको तातोपानी गाउँपालिका बालविवाहविरुद्धको रणनीति बनाउने पहिलो पालिका बनेको छ । पालिकाको १२औं गाउँसभाबाट पाँच वर्षे रणनीति पारित गर्दै तातोपानी बालविवाह न्यूनीकरणको अभियानमा जुटेको छ । १२औं हिउँदे गाउँसभाबाट बालविवाहविरुद्धको रणनीतिसहित विभिन्न ११ वटा कार्यविधि, निर्देशिका पारित गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । दैनिक कार्यसम्पादनमा सहजता ल्याउन, विकास निर्माणलाई गति दिन तथा स्थानीय […]

‘शैक्षिक हब’ बन्न वीरेन्द्रनगर नगरपालिकाले बनायो १० वर्षे यस्तो रणनीति !

काठमाडौँ । वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका बैठकले ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हव’ अभियानमा अग्रसर हुने निर्णय गरेसँगै यसका लागि १० वर्षे रणनीति तयार पारिएको छ ।  नगरप्रमुख मोहनमाया ढकालका अनुसार अबको १० वर्षभित्र प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्ने गरी शैक्षिक सुधार गरिनेछ । त्यसका लागि शैक्षिक क्षेत्रमा लगानी बढाउने र गुणस्तरलाई प्राथमिकता दिइने […]

‘शैक्षिक हब’ बन्न वीरेन्द्रनगर नगरपालिकाले बनायो १० वर्षे रणनीति

वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका बैठकले ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हव’ अभियानमा अग्रसर हुने निर्णय गरेसँगै यसका लागि १० वर्षे रणनीति तयार पारिएको छ । नगरप्रमुख मोहनमाया ढकालका अनुसार अबको १० वर्षभित्र प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्नेगरी शैक्षिक सुधार गरिनेछ । त्यसका लागि शैक्षिक क्षेत्रमा लगानी बढाउने र गुणस्तरलाई प्राथमिकता दिइने उनको भनाइ छ ।रणनीति अनुसार ०८८ सालसम्म प्रारम्भिक बालविकासमा विद्यार्थी भर्नादर शत प्रतिशत पु¥याउने, आधारभूत

नर्सिङ तथा मिड्वाइफ्रीका लागि यस्तो छ दश वर्षे रणनीति

स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले दश वर्षीय रणनीति तयार पारेको छ । ०७७/७८ देखि ०८७/८८ सालसम्मका लागि सुरक्षा महाशाखाले रणनीतिहरू तयार पारेको हो । दश वर्षीय रणनीतिमा राष्ट्रिय नर्सिङ तथा मिड्वाइफ्रीको रणनीति महाशाखाले तयार पारेको छ । नेपाल नर्सिङ परिषद्का अनुसार करिब ९५ हजार भन्दा बढी नर्स अनमी दर्ता भएका छन् । यस्तै नेपालमा वार्षिक करिब ८ हजार नयाँ नर्स तथा मिड्वाइफ्री जनशक्ति थपिन्छन् । यद्यपि सरकारलाई निजी स्वास्थ्य क्षेत्रमा कति सङ्ख्यामा नर्स कार्यरत छ

१० वर्षे रणनीति तयार गर्दै निगम

इन्धन कारोबारमा एकाधिकार पाएको नेपाल आयल निगमले १० वर्षे रणनीति तयार गर्न लागेको छ । वार्षिक डेढ खर्बभन्दा बढीको कारोबार गर्ने निगम आगामी दिनमा कसरी जाने भनेर रणनीति बनाउन लागिएको हो । कार्ययोजनामा आगामी १० वर्षमा निगम कसरी अगाडि बढ्ने भन्ने वृहत् रणनीति रहनेछ ।

प्राविधिक शिक्षाका लागि ५ वर्षे रणनीति

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रविधियुक्त प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएकोे छ । सीटीईभीटीले ५ वर्षे रणनीति तयार गरी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।