यहाँको तातोपानी गाउँपालिकाले बालमैत्री तथा बालविवाहमुक्त गाउँपालिका बनाउन पाँच वर्षे रणनीतिक कार्ययोजना तयार गरेको छ । आगामी २०८३ सम्म तातोपानीलाई बालविवाहमुक्त र बालमैत्री पालिका बनाउन पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा तयार भएको हो । तातोपानीले आफ्नो १२औं गाउँसभाबाट बालबिवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीति तयार गर्ने नीति पारित गरेको थियो । सोमबार सम्पन्न दुईदिने कार्यशाला […]