इन्धन कारोबारमा एकाधिकार पाएको नेपाल आयल निगमले १० वर्षे रणनीति तयार गर्न लागेको छ । वार्षिक डेढ खर्बभन्दा बढीको कारोबार गर्ने निगम आगामी दिनमा कसरी जाने भनेर रणनीति बनाउन लागिएको हो । कार्ययोजनामा आगामी १० वर्षमा निगम कसरी अगाडि बढ्ने भन्ने वृहत् रणनीति रहनेछ ।