जुम्लाको तातोपानी गाउँपालिका बालविवाहविरुद्धको रणनीति बनाउने पहिलो पालिका बनेको छ । पालिकाको १२औं गाउँसभाबाट पाँच वर्षे रणनीति पारित गर्दै तातोपानी बालविवाह न्यूनीकरणको अभियानमा जुटेको छ । १२औं हिउँदे गाउँसभाबाट बालविवाहविरुद्धको रणनीतिसहित विभिन्न ११ वटा कार्यविधि, निर्देशिका पारित गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । दैनिक कार्यसम्पादनमा सहजता ल्याउन, विकास निर्माणलाई गति दिन तथा स्थानीय […]