स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले दश वर्षीय रणनीति तयार पारेको छ । ०७७/७८ देखि ०८७/८८ सालसम्मका लागि सुरक्षा महाशाखाले रणनीतिहरू तयार पारेको हो । दश वर्षीय रणनीतिमा राष्ट्रिय नर्सिङ तथा मिड्वाइफ्रीको रणनीति महाशाखाले तयार पारेको छ । नेपाल नर्सिङ परिषद्का अनुसार करिब ९५ हजार भन्दा बढी नर्स अनमी दर्ता भएका छन् । यस्तै नेपालमा वार्षिक करिब ८ हजार नयाँ नर्स तथा मिड्वाइफ्री जनशक्ति थपिन्छन् । यद्यपि सरकारलाई निजी स्वास्थ्य क्षेत्रमा कति सङ्ख्यामा नर्स कार्यरत छ