काठमाडौं : स्याङ्जा २ मा नेपाली कांग्रेसले निरन्तर अग्रता कायम राखेको छ। पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार धनराज गुरुङ ले १५ हजार ७१ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार पद्मा अर्यालले १२ हजार ९०९ मत पाएर पछ्याइरहेकी छन्। धनराजको मतान्तर अर्यालको भन्दा २१६३ ले बढी छ।त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङले ५ हजार ९६२ मत पाएका छन्।त्यस्तै, प्रदेशसभा २ तर्फ कांग्रेसका महेश भट्टराईले २१४६ मत पाउँदा एमालेका बुद्धिमान श्रेष्ठले २३३६ मत पाएका छन्।