एशियन लाइफ इन्स्योरेन्सद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

चैत १५, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।  कम्पनीले गत माघ २१ गते सम्पन्न १३औं साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले माघ ११ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । 

सम्बन्धित सामग्री

सबैको लघुवित्त र एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

चैत १३, काठमाडौं । आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।  सबैको लघुवित्त वित्तीय संस्था र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । सबैको लघुवित्तको ६ लाख ३९ हजार ७२७ दशमलव ५० कित्ता र एशियन लाइफ इन्स्योरेन्सको ५२ लाख ९० हजार  ७४२ दशमलव ७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । सबैको लघुवित्तले पुस ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी एशियन लाइफ इन्स्योरेन्सले माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

एशियन लाइफ इन्स्योरेन्सको १३औं साधारण सभा सम्पन्न, २७% लाभांश पारित

माघ २१, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा शुक्रवार कम्पनीको प्रधान कार्यालय मैतिदेवी काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।  सभाले कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरेर कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ ११ गते मंगलवारसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माघ ११, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गर्ने भएसँगै मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।  कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी माघ २१ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा होटल दियालो लर्डस प्लाजा आदर्शनगर, वीरगञ्जमा बिहान ११:३० बजे शुरु हुने बताएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

माघ १०, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गरेसँगै माघ ११ गते मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।  कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी माघ २१ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा होटल दियालो लर्डस प्लाजा आदर्शनगर, वीरगञ्जमा बिहान ११ः३० बजे शुरु हुने बताएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत

बीमा समितिले एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  को लाभांश स्वीकृत गरेको छ । पुस २५ गते बीमा समितिले कम्पनीको आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण तथा प्रस्तावित लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।

२७% लाभांश वितरण गर्ने घोषणा गरेको एशियन लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था :

पुस २१, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख रहेको छ । २५ प्रतिशत बोनस शेयर वितरण पछि उक्त पूँजी रू. २ अर्ब ५१ करोड ३४ लाख पुग्नेछ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ९ करोड ६२ लाख ९४ हजार नाफा कमाएको छ ।  यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २ दशमलव ३८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. ९ करोड ४० लाख नाफा कमाएको थियो । कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. १९ करोड ८६ लाख ६९ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १३ करोड ४१ लाख ३८ हजारमा झरेको हो ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ९८ करोड ५९ लाख ३१ हजार र जीवन बीमा कोषमा रू. २७ अर्ब ९५ करोड २९ लाख सञ्चित गरेको हो । त्यसैगरी, सो अवधिमा कम्पनीले रू. १ अर्ब ५९ करोड ७० लाख कुल बीमाुशल्क आर्जन गरेको हो ।  यो बीमाशुल्क गत आवको पहिलो त्रैमासको तुलनामा भने ८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले सो अवधिमा रू. १ अर्ब ४७ करोड बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव १६ (वार्षिक) र प्रतिशेयर नेटवर्थ रू. १५४ दलशमव शून्य ३ रहेको छ ।  बुधवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १६९ दशमलव ९० कायम भएको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुनलामा १० रुपैयाँ १० पैसा घटेको हो ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।