माघ १०, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गरेसँगै माघ ११ गते मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।
कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी माघ २१ गते साधारण सभा आयोजना गरेको छ ।
कम्पनीले सभा होटल दियालो लर्डस प्लाजा आदर्शनगर, वीरगञ्जमा बिहान ११ः३० बजे शुरु हुने बताएको छ ।