माघ २१, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा शुक्रवार कम्पनीको प्रधान कार्यालय मैतिदेवी काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
सभाले कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरेर कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ ११ गते मंगलवारसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।