२७% लाभांश वितरण गर्ने घोषणा गरेको एशियन लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था :

पुस २१, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख रहेको छ । २५ प्रतिशत बोनस शेयर वितरण पछि उक्त पूँजी रू. २ अर्ब ५१ करोड ३४ लाख पुग्नेछ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ९ करोड ६२ लाख ९४ हजार नाफा कमाएको छ ।  यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २ दशमलव ३८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. ९ करोड ४० लाख नाफा कमाएको थियो । कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. १९ करोड ८६ लाख ६९ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १३ करोड ४१ लाख ३८ हजारमा झरेको हो ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ९८ करोड ५९ लाख ३१ हजार र जीवन बीमा कोषमा रू. २७ अर्ब ९५ करोड २९ लाख सञ्चित गरेको हो । त्यसैगरी, सो अवधिमा कम्पनीले रू. १ अर्ब ५९ करोड ७० लाख कुल बीमाुशल्क आर्जन गरेको हो ।  यो बीमाशुल्क गत आवको पहिलो त्रैमासको तुलनामा भने ८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले सो अवधिमा रू. १ अर्ब ४७ करोड बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव १६ (वार्षिक) र प्रतिशेयर नेटवर्थ रू. १५४ दलशमव शून्य ३ रहेको छ ।  बुधवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १६९ दशमलव ९० कायम भएको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुनलामा १० रुपैयाँ १० पैसा घटेको हो ।   

सम्बन्धित सामग्री

एशियन लाइफले ८.५ प्रतिशत बोनस सेयर दिने

३० फागुन, काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ३० फागुन मंगलबार बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ०७५ रुपैयाँको ८.५ प्रतिशत बोनस सेयर […]

एशियन लाइफ इन्स्योरेन्सको १३औं साधारण सभा सम्पन्न, २७% लाभांश पारित

माघ २१, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा शुक्रवार कम्पनीको प्रधान कार्यालय मैतिदेवी काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।  सभाले कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरेर कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ ११ गते मंगलवारसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  को शेयर मूल्य समायोजन भएको छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।कम्पनीको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०५७.६० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३२२ रुपैयाँ रहेको थियो ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ ११ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले माघ २१ गते शुक्रबार सभा आह्वान गरेको छ ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :(क) सामान्य प्रस्ताव :१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे ।२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ (NFRS बमोजिम) आषाढ मसान्त सम्मको वासलात,नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथी छलफल तथा पारित गर्ने बारे ।३. संचालक समितिबाट प्रस्तावित २ प्रतिशत नगद लाभांश (लाभांशको बोनस तथा नगद सहित) रु.४,०२,१५,२१४।५५ पारित गर्ने बारे ।४. आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षण समितिको सिफारीश बमोजिम बाह्य लेखा परिक्षक श्री एस ए आर एशोसियट्सको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने बारे ।५. यस कम्पनीको ५१% स्वामित्व रहेको एशियन क्यापिटल लि.मा सामूहिक लगानी कोष (Mutual fund) संचालन गर्न सम्बन्धित नियामकनिकायबाट स्वीकृती लिने तथा सो को कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने बारे ।(ख) विशेष प्रस्ताव:६. आर्थिक वर्ष २०७६/७७ सम्मको सचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजी रु.२,०१०,७६०,७२७/४० को २५ प्रतिशतका दरले हुने रु.५०,२६,९०,१८११८५ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।७. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने बारे ।८. विशेष प्रस्ताव अन्तर्गत नं.७ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।९. कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) अनुसारको खर्च रकमलाई अनुमोदन गर्ने बारे ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ ११ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले माघ २१ गते शुक्रबार सभा आह्वान गरेको छ ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :(क) सामान्य प्रस्ताव :१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे ।२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ (NFRS बमोजिम) आषाढ मसान्त सम्मको वासलात,नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथी छलफल तथा पारित गर्ने बारे ।३. संचालक समितिबाट प्रस्तावित २ प्रतिशत नगद लाभांश (लाभांशको बोनस तथा नगद सहित) रु.४,०२,१५,२१४।५५ पारित गर्ने बारे ।४. आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षण समितिको सिफारीश बमोजिम बाह्य लेखा परिक्षक श्री एस ए आर एशोसियट्सको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने बारे ।५. यस कम्पनीको ५१% स्वामित्व रहेको एशियन क्यापिटल लि.मा सामूहिक लगानी कोष (Mutual fund) संचालन गर्न सम्बन्धित नियामकनिकायबाट स्वीकृती लिने तथा सो को कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने बारे ।(ख) विशेष प्रस्ताव:६. आर्थिक वर्ष २०७६/७७ सम्मको सचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजी रु.२,०१०,७६०,७२७/४० को २५ प्रतिशतका दरले हुने रु.५०,२६,९०,१८११८५ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।७. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने बारे ।८. विशेष प्रस्ताव अन्तर्गत नं.७ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।९. कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) अनुसारको खर्च रकमलाई अनुमोदन गर्ने बारे ।

एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, म्युचुअल फण्ड संचालन गर्ने प्रस्ताव

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनील माघ २१ गते शुक्रबार सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ११ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन त्तहा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :(क) सामान्य प्रस्ताव : १. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे । २. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ (NFRS बमोजिम) आषाढ मसान्त सम्मको वासलात,नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथी छलफल तथा पारित गर्ने बारे । ३. संचालक समितिबाट प्रस्तावित २ प्रतिशत नगद लाभांश (लाभांशको बोनस तथा नगद सहित) रु.४,०२,१५,२१४।५५ पारित गर्ने बारे । ४. आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षण समितिको सिफारीश बमोजिम बाह्य लेखा परिक्षक श्री एस ए आर एशोसियट्सको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने बारे । ५. यस कम्पनीको ५१% स्वामित्व रहेको एशियन क्यापिटल लि.मा सामूहिक लगानी कोष (Mutual fund) संचालन गर्न सम्बन्धित नियामकनिकायबाट स्वीकृती लिने तथा सो को कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने बारे । (ख) विशेष प्रस्ताव: ६. आर्थिक वर्ष २०७६/७७ सम्मको सचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजी रु.२,०१०,७६०,७२७/४० को २५ प्रतिशतका दरले हुने रु.५०,२६,९०,१८११८५ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने । ७. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने बारे । ८. विशेष प्रस्ताव अन्तर्गत नं.७ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा । ९. कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) अनुसारको खर्च रकमलाई अनुमोदन गर्ने बारे ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत

बीमा समितिले एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  को लाभांश स्वीकृत गरेको छ । पुस २५ गते बीमा समितिले कम्पनीको आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण तथा प्रस्तावित लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सको साधारण सभा आइतवार

साउन २९, काठमाडौं । आइतवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ । एशियन लाइफ इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सले साधारण सभा गर्न लागेको हुन् ।  एशियन लाइफ इन्स्योरेन्सले आइतवार होटल क्लासिक सिमरा, बारामा बिहान ११:३० बजे सभा गर्ने जानकारी गराएको छ । सभाले कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको विद्यमान ७०:३० अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण शेयरमा परिणत गर्न प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  साथै, कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ उपदफा १ (ग) ले निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ र संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने र एक जना स्वतन्त्र विज्ञ सञ्चालक मनोनित गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका साउन १७ गते बन्द भएको छ । साउन १३ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।  त्यसैगरी, यूनाइटेड इन्स्योरेन्स सभा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्त गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।