२०७६ सालको असारमा गुठी विधेयक विरुद्ध आन्दोलन चलिरहँदा विराजभक्त श्रेष्ठ हेटौंडामा थिए। आन्दोलनको नेतृत्व गर्नेहरुलाई 'ब्याक स्पोर्ट' गरिरहेका उनलाई काठमाडौंमै बस्न दबाब थियो। तर, काठमाडौंको आवाज प्रदेश संसदमा पुर्याउनुपर्छ भन्दै हेटौंडा लागेका थिए। माइतीघरमा विरोधसभा भइरहँदा उनी भने वाग्मती प्रदेशसभा बैठकमा एक्लै उभिए र गुठी विधेयक खारेजीको मुद्दालाई उठाए। त्यसबेला…