काठमाडौं : सत्ता गठबन्धनभित्रको विवाद उत्कर्षमा पुगेको छ। सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिल्दा गठबन्धन भित्रको विवाद सतहमा आएको हो।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिएपछि गठबन्धन फुटको संघारमा पुगेको हो। अध्यक्ष प्रचण्डको सचिवालयले गठबन्धनभित्रको विवाद उत्कर्षमा पुगेको संकेत गरेको छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले कांग्रेसले सहमति तोडेको उल्लेख गरेका छन्। ‘नेपाली राजनीतिको एउटा खराव चित्र