कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । […]