अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले एमाले साथ खोजेका हुन्।संसद्मा पेस भएको एमसीसी सम्झौता पारित गराउनुपर्ने दबाबमा रहेका उनले एमालेको साथ लिएर अगाडि बढ्ने गरी छलफल थाल्नुभएको छ । प्रधानमन्त्री देउवाले एमालेसँग पटक–पटक वार्ता गर्दै आएका छन्