काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्रको विवाद समाधान भएकोमा खुशी व्यक्त गरेका छन्। उनले आफ्नो सचिवालयमार्फत् एमाले विवाद समाधान भएकोमा पार्टी फुटेको भन्दा जुटेको राम्रो भन्दै प्रतिक्रिया दिएका हुन्। आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति बनेको हो। यसले गर्दा फुटको संघारमा पुगेको एमालेको तत्कालका लागि विघटन टरेको छ।