काठमाडौं : राष्ट्रियसभाको निर्वाचन रिक्त पदमा भोलि उपनिर्वाचन हुँदै छ। निर्वाचनमा नेकपा एमालेको तर्फबाट माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन्। देवकोटालाई एमालेकै नेता माधवकुमार नेपाल समूह, कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ। पार्टीभित्रको विवादले एमाले फुटको संघारमा पुगेपछि नेता नेपालको तर्फबाट राष्ट्रियसभा विपक्षीबाट देवकोटा उम्मेदवार चयन गरेको थियो। तर, प्रधान