कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितका कुरुवालाई सिद्धार्थ वनस्थली इन्स्टिच्युटका पूर्वविद्यार्थीको सहयोगमा बिहानको खाना खुवाउने व्यवस्था मिलाइएको छ । कुरुवाका लागि इन्स्टिच्युटका २०४७ को एसएलसी ब्याच समूहका विद्यार्थीले दैनिक निःशुल्क खानाको व्यवस्था गरेका हुन् ।