दैनिक ज्याला मजदूरी गर्नेलाई निःशुल्क खाना

हेटौंडा। निषेधाज्ञाले संकटमा परेका ज्याला मजदुरी गर्नेलाई रोटरी क्लब अफ मकवानपुरले निःशुल्क खाना खुवाउन थालेको छ। निषेधाज्ञाका कारण विपन्न तथा दैनिक ज्याला मजदूरी गर्ने व्यक्ति भोको बस्न नपरोस् भनी उक्त समुदायलाई लक्ष्य गरी रोटरीले निःशुल्क खाना खुवाउन सुरु गरेको हो। निषेधाज्ञा अवधिभर बिहानको एक छाक निःशुल्क खाना खुवाइने क्लबका अध्यक्ष काविन साङ्गामीले बताए।

सम्बन्धित सामग्री

चिम्टीका अग्निपीडितलाई दैनिक निःशुल्क खाना

सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको छ।

जीएमसी(पोखरा) मा कोभिडका बिरामी र उनका आफन्तलाई निःशुल्क खाना

पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) कोभिड उपचार केन्द्रमा निःशुल्क खाना खुवाउन सुरु भएको छ । पोखरा–३ तेर्सापट्टीकोे भिन्तुना युवा क्लबले तेर्सापट्टी बुहारी समूहको सहकार्यमा विभिन्न दाताको प्राप्त सहयोगबाट दैनिक कुखुराको मासु भात खुवाउने व्यवस्था गरेको हो ।क्लवले बुधबारदेखि नेवाः छे भवनमा खाना तयार पारेर जीएमसीमा कोभिडका बिरामी, उनका कुरुवा र स्वास्थ्यकर्मीलाई समेत निःशुल्क खाना खुवाउन […]

कुरुवालाई निःशुल्क खाना

कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितका कुरुवालाई सिद्धार्थ वनस्थली इन्स्टिच्युटका पूर्वविद्यार्थीको सहयोगमा बिहानको खाना खुवाउने व्यवस्था मिलाइएको छ । कुरुवाका लागि इन्स्टिच्युटका २०४७ को एसएलसी ब्याच समूहका विद्यार्थीले दैनिक निःशुल्क खानाको व्यवस्था गरेका हुन् ।

रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

१४ जेठ, बुटवल । रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ । पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको हो । शुक्रबारदेखि शुरु भएको अभियान एकहप्तासम्म जारी […]

तस्वीर : स्वयंसेवकहरु बेरोजगार बनेका सर्वसाधारणलाई खाना खुवाउँदै

काठमाडौंको गोङ्गबुस्थित जय महांकाल युवा समुहका स्वयंसेवकहरु बुधवार विहान कोरोना महामारीका कारण गरिएको निषेधाज्ञापछि बेरोजगार बन्न पुगेका सर्वसाधारणलाई निःशुल्क खाना खुवाउँदै । निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गरी खाने मानिसहरुलाई लक्षित गरि उक्त संस्थाले काठमाडौंको बालाजु, नयाँ बसपार्क र पाशुपत क्षेत्रमा  निः शुल्क खाना खुवाउँदै आएको छ । तस्वीर : प्रकाश केसी/  आर्थिक अभियान

निषेधाज्ञामा पनि जारी छ 'आमाको खाना' (फोटोफिचर)

बन्दी सहायता नेपालकी अध्यक्ष ईन्दिरा रानामगरले गत वर्ष सुरू गरेको निःशुल्क खाना अहिले पनि जारी छ । हरेक दिन काठमाडौंस्थित थापाथली, दरबारस्क्वाएर, ठहिँटी तथा बालाजु क्षेत्रमा ईन्दिराले दैनिक १००० प्याक खाना वितरण गर्ने गरेकी छन्

अस्पतालमा बिरामी कुरुवालाई निःशुल्क खाना

वीरगञ्ज । वीरगञ्जका विभिन्न संघसंस्थाहरूले निषेधाज्ञाको समयमा वीरगञ्जका अस्पतालमा बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराएका छन् । समर्पण सेवा संस्था, साहिब दरबार सेवा संस्थान र स्टार मार्बल एण्ड सेनेटरी प्रालिले वीरगञ्जको नारायणी अस्पतालमा बिरामीका कुरुवालाई खाना उपलब्ध गराएका हुन् । निषेधाज्ञाका कारण बजार बन्द भएकाले बिरामीका कुरुवालाई खानपानमा समस्या भएकाले अस्पतालमा खाना उपलब्ध गराइएको समर्पण सेवा संस्थाका सस्थापक एवम् उद्योगी विनय शाहले जानकारी दिए । सहयोगी संस्थाहरूको सहकार्यमा ५ दिनदेखि निःशुल्क खाना वितरण गरेको शाहले बताए । वीरगञ्जमा कोरोना संक्रमण बढेसँगै यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण दैनिक कमाइ गरेर गुजारा चलाउनेहरू भोकै पर्न थालेपछि अन्य सामाजिक संस्थाले पनि वीरगञ्जका विभिन्न स्थानमा खाना वितरण गरेका छन् । रेल्वे कटेज, सानो पाइलालगायतका संस्थाले खाना वितरण गरेका हुन् । निषेधाज्ञामा काम गर्न नपाएर बिहान बेलुकाको छाक टार्न समस्या भोगिरहेका गरीब, विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलाई खाना बाँडिएको हो । सानो पाइला नामक सामाजिक संस्थाले होम आइसोलेशनमा रहेका संक्रमितलाई पौष्टिक आहार वितरण अभियान चलाएको छ ।

विभिन्न सामाजिक संस्थाद्वारा बिरामी कुरुवालाई निःशुल्क खाना

वैशाख २७, वीरगञ्ज । वीरगञ्जका विभिन्न संघसंस्थाहरूले निषेधाज्ञाको समयमा वीरगञ्जका अस्पतालमा बिरामीका कुरुवाहरूलाई निःशुल्क खाना उपलब्ध गराएका छन् । समर्पण सेवा संस्था, साहिब दरवार सेवा संस्थान र स्टार मार्बल एण्ड सेनेटरी प्रालिले वीरगञ्जको नारायणी अस्पतालमा बिरामीका कुरुवालाई खाना उपलब्ध गराएका हुन् ।  निषेधाज्ञाका कारण बजार बन्द भएकाले बिरामीका कुरुवालाई खानपानमा समस्या भएकाले अस्पतालमा खाना उपलब्ध गराइएको समर्पण सेवा संस्थाका सस्थापक एवम् उद्योगी विनय शाहले जानकारी दिए । सहयोगी संस्थाहरूको सहकार्यमा पाँच दिनदेखि निःशुल्क खाना वितरण गरेको शाहले बताए ।  वीरगञ्जमा कोरोना संक्रमण बढेसँगै यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण दैनिक कमाइ गरेर गुजरा चलाउनेहरू भोकै पर्न थालेपछि अन्य सामाजिक संस्थाले पनि वीरगञ्जका विभिन्न स्थानमा खाना वितरण गरेका छन् । रेल्वे कटेज, सानो पाइलालगायतका संस्थाले खाना बितरण गरेका हुन् । निषेधाज्ञामा काम गर्न नपाएर बिहान बेलुकाको छाक टार्न समस्या भोगिरहेका गरीब, विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलाई खाना बाँडिएको हो । सानो पाइला नामक सामाजिक संस्थाले होम आईसोलेशनमा रहेका संक्रमितलाई पौष्टिक आहार बितरण अभियान चलाएको छ ।

गोकर्णमा पाँच सयलाई खाना खुवाइँदै

गोकर्णेश्वर नगरपालिकामा रहेका युवा क्लब तथा टोल विकास संस्थाले लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच सय जनालाई निःशुल्क खाना खुवाउँदै आएका छन् । गोकर्णेश्वर ८ र ९ र काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा लकडाउनयता बिहान र बेलुका व्यवस्थित र सुरक्षित तरिकाले खाना वितरण गरिएको स्थानीयवासीले बताएका छन् ।