रुकुम पश्चिम – कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई लक्षित गरी रुकुम पश्चिममा सुरुवात गरिएको निःशुल्क खाना खुवाउने अभियान ५१ दिनपछि आज समापन गरिएको छ ।
गएको जेठ ७ गतेदेखि असार २५ गतेसम्म जिल्ला अस्पताल सल्लेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहको एक स्वयंसेवक समूहले चलाएको निःशुल्क खाना तथा खाजा खुवाउने अभियान ५१ दिनपछि समापन गरिएको हो ।
कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञा केही खुकुलो भइ होटेल तथा रेस्टुरेन्ट समेत खुला गर्ने जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णय भएकाले अहिले त्यो ...