काठमाडौं। काठमाडौंमा जारी निषेधाज्ञाका कारण समस्यामा परेका गरिब, मजदुरलाई खाना सबैलाई सामुदायिक भान्साले निःशुल्क खाना खुवाउन थालेको छ। यसअघि काठमाडौंको भिमसेनथानमा सहुलियतमा खाना खुवाउँदै आएको थियो। आफ्नो रणनीति परिवर्तन गर्दै अबदेखि निःशुल्क खाना वितरण गर्न थालिएको खाना सबैलाई सामाजिक प्रोजेक्टले जनाएको छ। अहिले भिमसेनथान, डल्लु, पशुपति लगायतका क्षेत्रमा खाना खुवाउँदै आएको हो।