पश्चिम नेपालको पुरानो औद्योगिक शहर बुटवलमा जाडो मौसम जानै लाग्दै चुनावी गर्मी बढ्न थालेको छ । नारायणी पश्चिमकै उदीयमान शहर तथा लुम्बिनी प्रदेशको मुकाम हो बुटवल ।
निर्वाचनको मिति घोषणासँगै सधैं एमालेको विरासत रहँदै आएको बुटवलमा आफ्नो पकड कायम गर्न नेपाली कांग्रेस रणनीतिमा लागेको छ । कांग्रेसले राजनीति भेटघाट र लबिङ शुरू गरेको छ ।
कम्युनिस्ट किल्लाको रूपमा रहेको बुटवल उपमहानगरपालिकामा गठबन्धन बनाएरै भए पनि आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेको ‘आधार इलाका’ भत्काउने दाउमा कांग्रेस देखिन्छ...