सुर्खेत – कर्णाली प्रदेशमा शुक्रवार (आज) प्रदेश सरकारले संसदबाट विश्वासको मत लिँदैछ । शुक्रवार दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन लाग्नुभएको हो ।
तर नेपाली कांग्रेसले कसलाई सहयोग गर्ने भन्ने विषयमा अहिलेसम्म निर्णय गर्न सकेको छैन । शुक्रवार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक विना निष्कर्ष सकिएको छ । कर्णालीमा कांग्रेसले कसलाई सहयोग गर्ने भनेर केन्द्रको निर्णय कुरेको छ । केन्द्रले जे निर्णय गर्छ त्यहीअनुसार अघि बढ्ने कांग्रेसका सांसदले बताएका छन् ।
...